Advertisement

अर्थमन्त्री युवराज : राजनीतिज्ञ कि टेक्नोक्र्याट ? || Dr. Yuba Raj Khatiwada in TOUGH talk

अर्थमन्त्री युवराज : राजनीतिज्ञ कि टेक्नोक्र्याट ? || Dr. Yuba Raj Khatiwada in TOUGH talk ठिक दुई बर्ष अघि २०७४ मंसिरको चुनावमा जनतासंग भोट माग्दा तत्कालिन बामगठबन्धनले निकै ठूला सपना देखाएको थियो । आफ्नो पक्षमा बहुमत आए जनताको जीवनस्तरमा तत्कालै सुधार आउने आश्वासन बाडेको थियो । चुनावी आश्वासनलाई जनताले पत्याए, बामगठबन्धनलाई बुहमत दिलाए । त्यही बुहमतको बलमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यावघि २० महिना पुगिसकेको छ । तर सर्वसाधारणले अनुभूति गर्ने खालको परिवर्तन हुन सकेको छैन ।
राजनीतिक संक्रमणका कारण अर्थतन्त्र डामाडोल भएकोले त्यसलाई सुधार्न भन्दै आर्थिक मामिलाका जानकार व्यक्तिलाई अर्थमन्त्री बनाइयो । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष देखि राष्ट्र बैकको गभर्नर सम्म भएका व्यक्ति डा. युवराज खतिवडालाई अर्थमन्त्रीको रुपमा भित्राएपछि आर्थिक स्थितिमा व्यापक सुधार आउने आम अपेक्षा थियो । मन्त्री भएलगतै खतिवडाले संसदमा मुलुकको ढुकुटी करिब रित्तिएको भन्दै श्वेत पत्र पेश गर्नुभयो । त्यो श्वेतपत्रमा उल्लेखित विवरणमा अहिले पनि उल्खेख्य सुधार आएको छैन । एक बर्षको पूर्ण बजेट कार्यान्वयन र अर्को बर्षको चार महिना वितिसक्दा पनि आर्थिक सुधारका गतिला संकेत आएका छैनन् । राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सुस्त छ, विकास खर्चको शैली खासै सुध्रेको छैन । खर्च गर्न नसक्ने विगतको परिपाटीको निरन्तरता छंदैछ । विदेशी लगानी भित्राउन सकस परिरहेको छ । स्वदेशी उद्योगी व्यासायीहरु पनि व्यवासायिक सुरक्षाको अनुभूति गर्न नसकेको बताइरहेका छन् ।
लामो राजनीतिक संक्रमणबाट संक्रमित अर्थतन्त्र आर्थिक मामिलाका जानकार र अर्थतन्त्रका नाडी छामेका व्यक्ति नै अर्थमन्त्री हुंदा पनि किन अपेक्षित सुध्रेको छैन ? तथ्यांक र प्रतिवेदनमा देखिने सुधारले सर्वसाधारणको दैनिक जिवनमा कति राहत दिलाएको छ ? किन नेपालमा अझै पनि लगानीमैत्री वातावरण बन्न सकेको छैन ? विकास खर्च किन हुदैन ? २० महिना अघि श्वेतपत्र मार्फत् आफैले देखाएको अर्थतन्त्रको भद्रगोल अवस्थामा अहिले के तात्विक सुधार आयो ? चुनावका बेला घोषणापत्रमा उल्लेखित प्रतिबद्धता कतै टोकरीमा फालिए कि त्यसअनुसार कुनै काम पनि भइरहेको छ ? यस्तै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुन्छ अर्थमन्त्री डा. युवराज खतिवडा ।
#Dil_Bhusan_Pathak #TOUGHtalk #Yubaraj_Khatiwada
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal Network- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
#TOUGHtalk #DilBhusanPathak
Follow us for regular updates in:
Facebook:
Twitter:
Instagram:
Youtube:
Podcast: (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram:

TOUGH talk,Dil Bhusan Pathak,Kantipur Television,Himalaya Television,Talk Show,Nepal,Fireside,Disanirdesh,Tamasoma Jyotirgamaya,Sidha Kura Janta Sangha,Ravi Lamichhane,Yubaraj Khatiwada,Yubaraj Khatiwoda,Finance Minister of Nepal,Minister Khatiwada,

Post a Comment

0 Comments